• २५ वैशाख २०८१, मङ्गलबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, पुस १८ गते । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । 

जिल्लाको डेढ गाउँबाट कावासोती तर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटर साइकल अनियन्त्रित भई छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बौदिकाली वडा नम्बर ३ का ५५ वर्षीय रन बहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । मोटर साइकल चालक सोही ठाउँका ५१ वर्षीय यम बहादुर ठाडा मगर गम्भीर घाइते हुनु भएको छ । 

दुर्घटनाबाट घाइते भएका दुबैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा मोटरसाइकल पछाडि बस्ने समाइली मगरलाई चिकित्सकले मृत घोषणा गरेका नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । गम्भीर घाइतेको ठाडा मगरलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको प्रहरीले जनाएको छ