चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरमा प्राङ्गारिक प्रक्रियाबाट लगाइएको गाजरमा उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रूपमा चार बिगाहा जमिनमा गाजर लगाइएको छ ।
छत्रकोट गाउँपालिकाले अति विपन्न २४ जनालाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । गाउँपालिकाभित्रका २४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–५ स्थित नैनवारवासी थारु महिला पशु चौपायाका लागि बारीबाट घाँस काटेर ल्याउँदै ।
साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनूदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ ।
गुल्मीमा रुख काट्नेक्रममा एक जना व्यक्ति घाइते हुनुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ५२ वर्षीय पूर्णबहादुर पचभैया घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
यही पुस २० गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । पुस २० गते शुक्रबारबाट सुरु हुने मेला २२ गते आइतबारसम्म तीन दिन सञ्चालन हुनेछ ।
कैलालीको गोदावरी नगरपालिका–४ को बिकट बस्ती बेलपानी, फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार भएको छ । धनगढी वितरण केन्द्रका प्रमुख मिथलेशकुमार गुहिबर र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले विधुतको स्विच अन गरेर विधुत लाइन विस्तार गर्नुभएको हो ।
पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटक-पटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
बाँकेको जानकी गाउँपालिकाको आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा ६ वटा प्रतिबद्धता गरिएको छ । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयमा गरिएको सार्वजनिक सुनुवाइमा सरोकारवाला र सहभागीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरुपमा मात्र सञ्चालन हुँदै आएका छन् । यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।