• ५ असोज २०८१, शनिबार

साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक उपहार

blog

साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक ।

काठमाडौं, पुस १८ गते । साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनूदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ । साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो ।

अनौपचारिक रूपमा चलिरहेको जंक्व पार्टीको बिचमै एक कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको थियो । अधिकारकर्मी साथै उपन्यासकार मल्ल के. सुन्दर, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यकार निर्मल र उनकी पत्नी विन्दीरा राजोपाध्यायको साथमा उनकै परिवारले उपन्यासको सामूहिक रूपमा विमोचन गर्नुभयो ।

अधिकारकर्मी मल्लले विगतमा भाषा आन्दोलन र पत्रकारिता क्षेत्रमा आफ्ना सहकर्मी आर. के. निर्मलको उपन्यास सार्वजनिक भएकोमा खुसी व्यक्त गर्नुभयो ।

साहित्यकार निर्मलका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायले करिब पाँच वर्ष अघि नै तयार भइसकेको पुस्तक लकडाउन लगायत विविध कारणले प्रकाशन हुन नसकिरहेको र जंक्वको अवसरमा आफ्ना बुबालाई थाहै नदिई सरप्राइज गिफ्टको रूपमा पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।