• १४ असार २०८१, शुक्रबार

टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशतको हाराहारीमा

blog

इस्तानबुल, पुस १८ गते । टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् ।

यद्यपि, राष्ट्रपति रेसेप तैयप एर्दोगानको बजार मामिला अध्ययन गर्ने अर्थशास्त्रीहरूले नयाँ टोलीले आगामी चार महिनाभित्र मुद्रास्फीति अहिलेसम्मकै उच्च विन्दुबाट घट्न थाल्ने बताएका छन् ।

दशकौँ लामो उच्च मुद्रास्फीति दर सन् २०२२ को अक्टोबरमा ८५ प्रतिशत पुगेको थियो र त्यसपछि स्थिर आरोहण सुरु हुनुअघि नै यो दर घटेको थियो ।

टर्कीको आधिकारिक वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६४.७७ प्रतिशत सम्म पुगेको छ, जुन नोभेम्बरमा ६१.९८ प्रतिशत रहेको थियो । तर मासिक २.९३ प्रतिशतको वृद्धि दर विगत छ महिनामा सबैभन्दा कम हो ।

कोनोटोक्सिया इन्भेस्टमेन्ट हाउसका बजार विश्लेषक बार्टोस्ज साविकीले भन्नुभयो, “मुद्रास्फीतिको प्रवृत्तिमा केही सुधार आएको छ र पछिल्ला महिनाहरूमा मुद्रास्फीति दर स्थिर भएको छ ।”

क्यापिटल इकोनोमिक्सका लियाम पिचका अनुसार पछिल्लो तथ्याङ्कले केन्द्रीय बैङ्कलाई सामान्यतया सान्त्वना दिनेछ । उच्च ब्याज दरलाई ‘सबै दुष्टहरूको आमा र पिता’ भनेका एर्दोगानलाई विश्लेषकहरूले यसका लागि जिम्मेवार देखेका छन् ।

राष्ट्रपति एर्दोगानले सन् २०२१ मा ‘नाम मात्रको स्वतन्त्र’ केन्द्रीय बैङ्कलाई उधारो लागत घटाउन निर्देशन दिनुलाई विश्लेषकहरूले मुद्रास्फीतिको शृङ्खलालाई बढाउने वर्तमान समस्याको जड मानेका छन् ।

गत वर्षको मे महिनामा पुन : चुनाव जितेपछि आफ्नो पुरानो प्रतिबद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन उहाँले टर्कीका चर्चित अर्थविद् मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको रूपमा र पूर्व वाल स्ट्रिटका कार्यकारी प्रमुख हाफिज गए एर्कानलाई केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गर्नुभएको थियो ।

एर्दोआनको उच्च ऋण लागतको विगतको घृणालाई तोड्दै केन्द्रीय बैङ्कले महत्त्वपूर्ण ब्याज दरलाई ४२.५ प्रतिशतबाट ८.५ प्रतिशतमा झारेको छ । दुई दशकभन्दा बढी सत्तामा रहेपछि आर्थिक नीति उल्टाउने बृहत् सङ्केत एर्दोगानले नयाँ कार्यक्रमलाई समर्थन गर्नुभएको छ । रासस/एएफपी