• १४ असार २०८१, शुक्रबार

सुजनका परिवारलाई कर्णाली सरकारले दुई लाख राहत दिने

blog

नवीन सुवेदी

सुर्खेत, पुस १८ गते । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा मारिएका दैलेखको महावु गाउँपालिका ६ रानिवनका सुजन रावतका आफन्तलाई २ लाख रुपियाँ राहत दिने भएको छ । 

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्वरूप उक्त रकम दिने भएको  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो । 

बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतको परिवारलाई २ लाख राहत दिने भएको छ, यसबारे छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ  मुख्यमन्त्री शर्माले भन्नुभयो । यस्तै सुजनको मङ्गलवार दैलेखमा दाहसंस्कार गरिएको छ ।