• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्न राईलाई दबाब

blog

कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दबाब दिन पुगेका युवा । तस्बिरः निशा राई

निशा राई 

धरान, पुस १७ गते । धरान उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलका भातृ सङ्गठनले पुनः राख्नको लागि शान्तिपूर्ण दबाब दिएका छन् । 

मंगलबार धरानका राजनीतिक दलका भातृ सङ्गठनले नगर प्रमुख हर्कराज राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि शान्तिपूर्ण र्‍याली गर्दै तस्बिर राख्न दबाब दिएका हुन् । 

नगर प्रमुख राईले पुस १२ गते आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरातीको राजा यलम्बरको तस्बिर राखेपछि सिर्जना भएको विवादले पुस १३ गतेको कार्यपालिका बैठकसमेत स्थगित भएको थियो । 

कार्यपालिका बैठकमा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यले पुनः फोटो राख्न अनुरोध गरेपछि नगर प्रमुख राईले यस विषयमा सोचेर निर्णय गर्ने भनेपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।

नगर प्रमुख राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेपछि केही दिनदेखि राजनीतिक दलहरूले आपत्ति  जनाउँदै आएका छन् ।