• २८ वैशाख २०८२, आइतबार

बेपत्ता पुरुष मृत फेला

blog

अनिल पराजुली
हेटौँडा, पुस १७ गते ।
 मकवानपुरको हेटौँडामा दुई दिनदेखि सम्पर्कविहीन भएका पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–१२, पदमपोखरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर थापा मगर घरेटीडाडास्थित भीरमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उहाँ गएको आइतबार रातिदेखि आफ्नो घरपरिवारबाट सम्पर्कविहीन हुनुभएको थियो । खोजतलास गर्दै जाने क्रममा सोही वडाको घरेटीडाँडाको भीरबाट करिब २०० मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमाटमका लागि हेटौँडा अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।