• २ जेठ २०८२, शुक्रबार

सुदूरपश्चिममा विकासको ढोका खुलेको छ : परराष्ट्रमन्त्री साउद

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद ।

काठमाडौं, पुस १७ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्त्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ । 

मंगलबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोका खुलेको बताउनुभयो । 

उहाँले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले परिवेश, परिस्थिति, विकास बदलिएको छ । हाम्रो ठाउँमा पनि विकासका सम्भावनाका ढोका खुलेका छन् । विकासका लागि चाहिने आधारभूत तत्त्वहरु सुदूरपश्चिममा देशका सातै वटा प्रदेश भन्दा सबैभन्दा ज्यादा छन् । यसका लागि अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धको कुरा आउँछ । त्यसमा उत्तर पनि पश्चिम पनि र दक्षिण पनि छ । उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत छ । खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिन खोज्ने हो भने कैलाली र कञ्चनपुरका फाँटहरु छन् । सिंचाइका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ । त्यसमा जलविद्युतको सम्भवाना हेर्ने हो भने पनि दुनियाँका सबैभन्दा पोर्टेन्सियल जलविद्युतको क्षेत्रमा पोर्टेन्सियल क्षेत्रमध्ये सुदूरपश्चिम पनि हो । त्यहाँ नेपालका पाँच ठूला नदीमध्ये तीन वटा छन् । नेपाल आफैँ पनि दुनियाँको ठूलो जलश्रोतको सम्भावना भएको देश हो । पवित्र तीर्थस्थल पनि छन् । ठूलो सांस्कृतिक विरासत पनि छ ।’’

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनुभयो।