• ६ जेठ २०८१, आइतबार

संजीत अमेरिकामा सम्मानित

blog

सम्मानित भएपछि संजीतकुमार राई ।

काठमाडौँ, पुस १७ गते । उमा कुङ्फुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनुभएको छ । 

किराँत राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा अभिवृद्धि गरेवापत पारुहाङ साँझ–२ को अवसरमा संजीतलाई सम्मान गरेको हो । सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किरात राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किरात राई समाज, अमेरिका (टेक्सास च्याप्टर) का अध्यक्ष दिलीप राईले संजीतलाई प्रशंसा पत्रबाट सम्मान गर्नुभयो ।

राष्ट्रिय उमा कुङ्फु प्रतियोगितामा आफ्नो तौलसमूहका दुई पटकका राष्ट्रिय च्याम्पियन संजीत स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुनुहुन्छ । नेपाल उमा कुङफु सङ्घका वरिष्ठ उपाध्यक्ष संजीत अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको समेत भूमिका निर्वाह गर्न हाल अमेरिकामा हुनुहुन्छ ।