• १३ असार २०८१, बिहिबार

भ्रष्टाचार मुद्दाको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा दियो पुनरावेदन

blog

सर्वोच्च अदालत । फाइल तस्बिर

काठमाडौं, पुस १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कम राजस्व निर्धारण गरी १७ लाख ४० हजार ६६ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालय जीवीउपाध्याय र काशीराम शर्माविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ख) बमोजिमको कार्य गरी सोही दफामा उल्लेख भए बमोजिमको कसुरमा बिगो रकम १७ लाख ४० हजार ६६ रुपियाँ कायम गरी राजस्व चुहावटको दोब्बर जरिवाना हुन मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।