• ११ असोज २०८१, शुक्रबार

सेवा सुविधाबाट विद्यार्थीलाई पोसाक

blog

सामग्री वितरणपछि ट्रयाकसुट र टाई लगाएर सामूहिक फोटोमा विद्यार्थी ।

कबिराज घिमिरे 

हिले, पुस १९ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नुभएको छ । 

वडाध्यक्ष मगरले एक कार्यक्रमबिच महालक्ष्मी नगरपालिका–२ मा रहेको ऐश्वर्य आधारभूत विद्यालयका ३८ विद्यार्थीलाई ५० हजार रुपियाँ बराबरको ट्रयाक सुट र टाई वितरण गर्नुभएको हो । 

वडाध्यक्ष मगरले आफूलाई सरकारले दिएको सेवा–सुविधाबापतको रकम विद्यार्थीलाई सहयोग गरेको बताउनुभयो । उहाँले आफूले वितरण गरेको कपडाबाट भाइबहिनीले न्यानो पाउने विश्वास व्यक्त गर्नुभयो । 

आफ्नो वडामा पाँच सामुदायिक विद्यालय रहेको र ती विद्यालयलाई क्रमशः अवस्था हेरेर सहयोग गर्दै जाने समेत बताउनुभयो । उहाँ महालक्ष्मी नगरपालिकाको नगर शिक्षा समिति सदस्य समेत हुनुहुन्छ । यसअघि पनि उहाँको पहलमा थप एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।