मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दुरीको छैमले सिस्नेरी–छैमले– दक्षिणकाली सडक आज शुक्रबारबाट बन्द हुनेभएको छ । यो सडक खण्ड बन्द भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको तीन वटै मार्गमा सवारी आवागमन बन्द भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ ।
कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ । बाघ र अन्य स्तनधारी वन्यजन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो ।
म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई नयाँ संरचना अनुसार व्यवस्थित गर्न ढिलाइ भएका कारण सरकारको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन नसकेको जनगुनासो व्यापक छ । स्थानीय तह र प्रदेश सरकारका तर्फबाट कर्मचारी अभाव झेल्नु परिरहेको छ भने अर्कोतर्फ सङ्घमा आवश्यकभन्दा बढी कर्मचारी छन् । नयाँ संविधान कार्यान्वयनको आठ वर्षमा पनि पुरानै निजामती सेवा ऐन अनुसार कर्मचारी प्रशासन चलिरहेको छ । अझ समस्याको चुरो अधिकांश
नेपाली कांग्रेसको शिक्षण शिविर २०३८ सालमा सूर्यभक्त अधिकारीको प्राङ्गण गैँडाकोट, नवलपरासीमा भएको थियो । शिविरमा कांग्रेसका नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको पनि उपस्थिति थियो । शिविरमा पुँजीवादी प्रजातान्त्रिक र साम्यवादी माक्र्सवादी व्यवस्था र तिनका सिद्धान्तमा अन्तर्निहित त्रुटि औँल्याउँदै समाजवादीहरूले समाज निर्माणका लागि अवलम्बन गर्नुपर्ने सिद्धान्तका सम्बन्धमा व्याख्या विश्लेषणसहित पङ्क्तिकारद्वारा प्रस्तुत विचारको सारांश प्रस्तुत गरिएको थियो ।
दुई महिनाअघि जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भूकम्प गयो । यो भूकम्पले पश्चिम रुकुममा पनि क्षति पुर्यायो । यसै गरी गत महिना बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टरको भूकम्प गयो । यी भूकम्पले धनजनमा क्षति पुर्यायो । भूकम्प प्रभावित क्षेत्रमा बढ्दो चिसोले दुई महिनामा करिब ३४ जना मानिसले ज्यान गुमाउनु पर्यो । यसमा बालबालिका र सुत्केरीको सङ्ख्या पनि सामेल छ । यस प्राकृतिक विपत्तिमा मुख्य गरी सुत्केरी र गर्भवती महिला तथा बालबालिका र वृद्धवृद्धाको जीवन कठिन भयो । अझ घट्दो तापक्रमले थप समस्या सिर्जना गरेको छ । चिसोले गर्दा श्वासप्रश्वास र झाडापखाला
तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, वापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो ।
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ।
दण्ड भूतकालमा गरिएको कसुरका लागि दिइन्छ तर यसको औचित्य भविष्यमा हुन सक्ने आपराधिक क्रियाकलाप रोकथाम गर्नुमा हुन्छ । “मानिसलाई घोडा चोरेबापत होइन, अब उप्रान्त घोडा नचोरिऊन् भनेर झुन्ड्याइएको हो’’ भन्ने अङ्ग्रेज न्यायाधीशको कथन यसै मेसोको हो । काराबास र जरिबाना सबैभन्दा चलनचल्तीका दण्डविधि हुन् । दण्ड भोगाइको सास्ती सम्झेर कसुरदारलाई र दण्डको भय देखाएर सम्भावित कसुरदारलाई अपराध गर्नबाट निरुत्साहित गर्नु दण्डको उद्देश्य हो । दण्डद्वारा हानि, क्षति र कष्टको घोषणा गरिन्छ । अपराधप्रति समाजको धारणालाई दण्ड प्रणालीले प्रतिविम्बित गर्छ ।
नेपालमा कृषिको महत्त्वका बारेमा विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । पछिल्लो दशकमा वैदेशिक रोजगारबाट धेरै आम्दानी हुनुभन्दा अघि कृषि क्षेत्र नेपाली अर्थतन्त्रको मियो नै थियो । कृषिले नेपाली अर्थतन्त्रलाई अझै बलियो टेको दिइराखेको छ । यसको ज्वलन्त उदाहरण भनेको राम्रो धान उत्पादन हुँदा हाम्रो अर्थतन्त्रको मुहार छुट्टै प्रकारको चम्किलो हुनु हो । अझै पनि संसारमा सबैभन्दा धेरै रोजगारीको माध्यम भनेकै कृषि हो । नेपालमा त त्योभन्दा पनि माथि कृषिलाई एक जीवनयापनकै
रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका शेरबहादुर तामाङले आफ्नो १४ रोपनी बारीमा जुनार र सुन्तलाको खेती गर्नुभएको छ । अहिले तामाङको बगानमा फलेका जुनार र सुन्तलाका दानाले जो कोहीको मन लोभ्याउँछ । विसं २०५५ बाट कृषिकर्ममा लाग्नुभएका तामाङ पछिल्लो समय राम्रो आम्दानी हुन थालेपछि अहिले विशुद्ध जुनार तथा सुन्तला खेती र त्यसकै नर्सरीमा लाग्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।