हेटौँडामा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने क्रममा आज शुक्रबार यहाँ सर्वदलीय बैठक बसेको छ ।
मोबाइल फोनबाट धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त कसुरमा रौतहटको फतुवाविजयपुर नगरपालिका–८ निवासी ३४ वर्षीय भगवान् साह पक्राउ परेका हुन् ।
पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल रहेको बताउनुभएको छ । उहाँले किल्लाको संरक्षण तथा पर्यटन प्रवर्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो ।
पोखरामा प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी सुरु भएको छ। पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबार आयोजित समारोहमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी प्रदर्शनी सुरुआत गर्नुभयो।
प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ ।
सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
नवलपुरका सहकारीहरूमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको छ । जिल्लाका प्राय सबै सहकारीले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मल बिक्री वितरण गरेको पाइएको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन सङ्कलन भएको हो ।
उप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र करातेका अन्तर्राष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो ।
धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी आउनेक्रम सुरु भएको छ । चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान मानिएको संरक्षित वन क्षेत्रमा जाडो छल्न हिमाली क्षेत्रका चरा आउन थालेका हुन् ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–७ स्थित तावा खोलाको कटानले बर्सेनि उर्वर जमिनको कटान र बस्ती नै जोखिममा परेपछि यतिखेर स्थानीय आफैँ उक्त खोलाको कटान नियन्त्रणमा जुटेका छन् ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।