चितवनको कालिका नगरपालिका पहाड र तराईको सम्मिश्रण भएको क्षेत्र हो । यस पालिकाले ठुला कामभन्दा जनताका साना कामलाई उत्पादनसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । पहिले पालिकाको वडा नं.
शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सामुदायिक विद्यालय सक्रिय भएको देखिन थालेको छ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको कालिकोटको दोस्रो माध्यमिक विद्यालय बडिमालिका माध्यमिक विद्यालयमा अहिले रात्रिकालीन कक्षा सञ्चालन हुँदै आएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाभित्र विभिन्न ऐतिहासिक स्थल छन् । तीमध्ये कुर्लेगढीको ऐतिहासिक महत्व ठुलो छ । हुन त हाल यो ऐतिहासिक गढीको भग्नावशेषको कुनै निशान भने छैन । यो गढी रहेको थुम्कोलाई अहिले पनि ‘गढीगाउँ’ भनिन्छ । यस ठाउँमा कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन बनेको निकै वर्ष भयो । साविकको कुरुले तेनुवा गाविस र हाल चौबिसे गाउँपालिकाको वडा नम्बर ३ मा स्थित यो गढी रहेको स्थानमा विद्यालय भवन निर्माणका क्रममा यसका सबै भग्नावशेष नामेट हुन पुग्यो ।
विश्व रङ्गमञ्चीय अवधारणालाई हेर्ने हो भने मुख्य रूपमा ‘बन्द’ र ‘खुला’ दुई प्रकारका रङ्गमञ्च स्पष्ट रूपमा देख्न सकिन्छ । यिनलाई ‘बद्ध’ र ‘मुक्त’ रङ्गमञ्च पनि भन्ने गरिएको पाइन्छ । बद्ध रङ्गमञ्चीय अवधारणा पश्चिमी विश्वमा पूर्वको तुलनामा धेरै पछि मात्र आएको देखिन्छ, जब कि पूर्वमा ईपू ४०० तिरै भरतमुनिले अति नै सूक्ष्म ढङ्गले नाट्यशास्त्रमा बद्ध रङ्गमञ्चको विस्तृत चर्चा गरेका छन् । बन्द वा बद्ध शब्दको शाब्दिक अर्थ हुन्छ, कुनै निश्चित सीमाभित्र बाँधिएको वा कुनै नियम वा अनुशासनभित्र राखिएको । अर्थात् एउटा नियमबद्ध, अनुशासित वा निश्चित घेरा वा क्षेत्रमा अनुबन्धित । यसरी के भन्न सकिन्छ भने बन्द वा बद्ध रङ्गमञ्च भनेको एउटा निश्चित भवन वा पर्खालभित्र अझ फराकिलो भाषामा भन्नुपर्दा निश्चित स्थान वा स्पेसभित्र आवश्यक साजस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आदिगायिका मेलवादेवी; जो एउटा लामिछाने गुरुङ परिवारमा नेपालको पूर्वी जिल्ला ओखलढुङ्गाको रुम्जाटारमा जन्मनुभएको थियो तर दुःखद तथ्य उहाँको जन्म महिना र गते आजपर्यन्त प्राप्त छैन । पिता ज्ञानबहादुर र माता सप्तदेवी गुरुङबाट विसं १९५४ सालमा उहाँको जन्म भयो र सुनमायाको नामले बोलाउन थालियो । यति हो, उहाँको जीवनीको उद्गम पाटो । यो जन्मसाल पनि तत्कालीन श्री ५ को सरकारले निकालेको हुलाक टिकटलाई आधार मानेर मात्र उल्लेख गर्न सकिएको हो ।
कैलालीको पर्यटकीय स्थलमा मौलिक पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको छ । विभिन्न जनजातिको पहिरन लगाएर फोटो खिच्नेदेखि टिकटक, रिल बनाउनेका कारण परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको हो । धनगढी उपमहानगरपालिकाको जाखोर ताल, गोदावरी नगरपालिकाको गोदावरी पुललगायत पर्यटकीय स्थलमा परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाइरहेको छ ।
प्रदेश प्रमुख तिलक परियारसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बिहीबार सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९३ को उपधारा ३ मा संवैधानिक निकायले प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सो अनुसार आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गतिविधिको प्रतिवेदन पेस गरिएको जनाइएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
गण्डकी प्रदेश सभाले पहिलो वर्ष नै दुई सरकार पायो । यो अवधिमा दुई नियमित र दुई विशेष गरी चार अधिवेशन भए । प्रदेश सभाका ६१ बैठक डाकिए । यो अवधिमा प्रदेश सभा सदस्यको सक्रियता कम देखियो भने ऐन निर्माण पनि उल्लेखनीय हुन सकेन । २०७९ साल मङ्सिर ४ गतेको निर्वाचनबाट चुनिएका सांसदले पुस १४ गते शपथ लिएका थिए । गण्डकी प्रदेश सभाको पहिलो बैठक भएको गत बुधबार एक वर्ष पुग्यो । यो अवधिमा प्रदेशका समस्या र एजेन्डा गण्डकी प्रदेश सभा जनअपेक्षा अनुरूप उठान भएनन् । राजनीतिशास्त्रका प्राध्यापक गिरधारी सुवेदी प्रदेश सभा जनताका एजेन्डामा अपेक्षाकृत जोडिन नसक्दा प्रश्न उठेको बताउनुहुन्छ ।
मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा दुईतर्फी कालोपत्रे धमाधम भइरहेको छ । पूर्वी खण्डका प्रमुख श्याम यादवले हालसम्म दुवैतर्फ साढे चार किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाको सत्रसत्र क्षेत्र र बन्दीपुर गाउँपालिकाको नाहाला क्षेत्रमा दुईतर्फी कालोपत्रे गरिएको उहाँले जानकारी दिनुभयो । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको बताउनुभयो ।
थामी जातिको उत्पत्तिको रूपमा रहेको दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावती राङराङथलीमा थामी सङ्ग्रहालय निर्माण सुरु भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।
सामाजिक संरचना र ज्ञानको उत्पादनबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । सामान्यतया संरचना भन्नाले विभिन्न भाग तथा तत्वहरू एकीकृत भई निर्माण भएको सिङ्गो अवस्थाको वस्तुगत स्वरूप भन्ने बुझिन्छ । हरेक वस्तुको संरचनाभित्र भिन्न–भिन्न प्रकारका एकाइको अन्तरसम्बन्ध हुन्छ । एकाइगत अन्तरसम्बन्धले सम्बन्धित वस्तुको संरचनात्मक ढाँचा निर्माण भएको हुन्छ समाजशास्त्री अगष्ट कोम्टले सामाजिक तथा सांस्कृतिक संरचना आध्यात्मिक स्तरबाट पराभौतिक स्तर र पराभौतिक