अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मूलपानी, कीर्तिपुरस्थित त्रिवि मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ ।
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताउनुभयो ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतले सो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।
इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् ।
गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो ।
जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नंं ९ केबलपुरमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।
नेपालको समूहमा नेपाल र नेदरल्यान्ड्सबाहेक सबै टेस्ट टोली छन् । जसमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेको छ । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग समूह चरणको पहिलो खेल खेल्दै विश्वकपको थालनी गर्नेछ ।
लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका सहकारीले पनि गर्न सक्ने हुनाले कृषि पर्यटनमा लगानी बुझाउन सुझाव दिनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उहाँले बताउनुभएको हो ।
पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो ।
कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अवरोध सिर्जना भएको आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् ।
सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।
व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।