• १२ असोज २०८१, शनिबार

‘हाम्रो चन्द्रकोट’ पुस्तक विमोचन

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस २१ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतले सो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।

स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा चन्द्रकोट गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता विषयवस्तु समावेश गरिएको छ ।

त्यस्तै, परम्परागत सीप र जीविकोपार्जनका आधार, विकासका पूर्वाधार, स्वास्थ्य पोषण र प्राथमिक उपचार, प्रकोप जोखिम व्यवस्थापन र हरित विद्यालय, गाउँपालिकाको दिगो विकासका अभ्यास, सम्भाव्यता र नवीनतम प्रविधिलगायतका विषयवस्तु समेटिएको पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलका संयोजक एवम् शिक्षा अधिकृत नयनसिंह ठकुरीले बताउनुभयो ।

त्यसअवसरमा गाउँपालिका अध्यक्ष युवराज खत्रीले पाठ्यपुस्तक प्रकाशनपूर्व चासो राख्नुहुने र सुझाव सल्लाह व्यक्त गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकले स्थानीय विषयवस्तुको बोध गराउन सहयोग पुग्ने बताउनुभयो ।