• १४ असार २०८१, शुक्रबार

सुन्तला बिक्री नहुँदा किसान मर्कामा

blog

त्रिवेणी नगरपालिका –९ पैमाका धनराज पाध्यायले उत्पादन गर्नुभएको सुन्तला । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, पुस २१ गते ।
 सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।

कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका –९ पैमाका धनराज पाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुन्तला बिक्री गरेर घरखर्च जोहो गर्ने भनेका थियौँ । तर अहिलेसम्म सुन्तला बिक्री नहुँदा अब कसरी घरखर्च चलाउने भन्ने चिन्ता परेको छ ।’’

सात सय भन्दाबढी रोपनीमा सुन्तला खेती गरेको सुनाउनुहुँदै पाध्यायले भन्नुभयो, ‘‘सुन्तला राम्रोसँग पनि फल्यो । तर अहिले बिक्री नहुँदा समस्या भएको छ ।’’

कृषि ज्ञान केन्द्रको पहलमा पाध्यायले सुन्तला खेती गर्नु भएको हो । उहाँले सधैँ गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती गर्न सुरु गर्नु भएको थियो । अहिले सुन्तला बिक्री नहुँदा  बारीमै कुहिने चिन्ताले सताएको गुनासो उहाँले गर्नुभयो ।