• १२ असोज २०८१, शनिबार

मण्डला नाटक घरमा ‘पगला घोडा’

blog

फाइल तस्बिर

काठमाडौँ, पुस २१ गते । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताउनुभयो ।

“यसले केही हदसम्म निराशा हटाएर सकारात्मकता बढाउँछ भन्नेमा विश्वस्त छौँ”, निर्देशक श्रेष्ठले भन्नुभयो । यही पुस १२ गतेदेखि सुरु भएको मञ्चन आगामी माघ ६ गतेसम्म हुने नाटक भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारले लेख्नुभएको कथामा आधारित छ । उक्त नाटकलाई नेपालीमा भाषामा शिव खाँड ठकुरीले अनुवाद गर्नुभएको हो ।

सन् १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित रहनुभएका सरकारको नाटकलाई अनुवाद सुपरिवेक्षण नाट्यकर्मी अशान्त शर्माले गर्नुभएको छ । यसमा कलाकार प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीसँगै चलचित्रकी अभिनेत्री मलिका महतले अभिनय गर्दै हुनुहुन्छ । अभिनेता अग्रहरिले आफ्नो भूमिकालाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो । रासस