नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताउनुभएको छ ।
नेपाली सेनाले एकीकरण पदयात्रा सुरु भरेको छ । शनिबार बिहान एक कार्यक्रमका बिच यात्रामा निस्केन सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतना पति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो ।
सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाले आक्रमण गर्दा घैला घारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनु भयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताउनुभएको छ । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैँ भाग्न सक्दैन ।
‘‘छरछिमेकका साथीभाइ धेरै पैसा कमाउने लोभमा विदेशतिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न दुई दिन बाँकी छ । शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । गण्डकीमा दुई सय तीस मतदाता छन् ।
जसरी जनकपुर त्रेताकालिन मिथकको रुपमा राजा जनक, भगवान राम र माता जानकी (सीता)सँग जोडिएको छ । त्यस्तै त्रेताकालिन एउटा मिथक बनेको छ महोत्तरी जिल्लाको मटिहानी । त्रेताकालमा माता जानकीको विवाहोत्सवको लागि मटिहानीमै रहेको लक्ष्मीसागर सर (पोखरी)बाट माटो खनिएको किम्बदन्ती छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम रामचन्द्र एवं
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउँदो शैक्षिक सत्रबाट विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने बताउनुभएको छ । प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै शुव्रmबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “पछिल्लो समय चिकित्सा
जुँगेमुठे ठान्दारले जुँगा मठार्दै करायो–“मासाला अतभातेहरु तिमीहरुलाई काठमाडौँ पैदल चलान कसरी भने, एक चौकीबाट अर्को चौकीसम्म हुलाकीले चिठीपत्र र हुलाक बुझाएझैं बुझाउने हो ।” तम्तयारी अवस्थामा उभिएका तीनजना राइफलधारी तर्फ फर्केर आदेश दियो,“बुझ्यौ केटाहरु ।” “बुझिम् साप ।” भनेर सलाम ठोक्दै तनक्क तन्किए । ठान्दारले निधारमा हात मल्दै भन्यो “कतै भाग्न खोजे त्यहीँ गोली ठोकेर गाडिदिनु । अत जाओस् तर गोली खेर नजाओस् । लौ हिंडिहाल ।” फूर्तिसाथ प्रहरीहरुले राइफल लोड गरे । प्रत्येकको पछाडि एक प्रहरी र उसले बोकेको थ्री नट थ्री राइफल, ६–६ राउन्ड गोली सहित टोली चलान भयो ।
समयको टाँगोमा यति लामो डोरी टाँग्याकी तिमीले जताबाट हिँडे पनि मलाई अल्झाई मात्र रह्यो फनफनी घुमिरहन्छन् पट्यारलाग्दा रातहरू बन्दैनन् ती दिनहरू मैले द्विप जति नै बाले पनि ।
मैले जित्दा पदक भिथ्र्यौ म लड्दा तिमी गिथ्र्यौ तिम्रो शरीर धुँवा बनेर आकाशतिर हराएको क्षण दैवले तिमीलाई मन पराएको क्षण
तिम्रो साथमा जिउँदा जिन्दगी नै बेग्लै हुन्छ हाँसी हाँसी साथमा यात्रा गर्दा पनि हुन्छ सजिलो हुन्छ जिन्दगीमा सँगै यात्रा गर्दा तिमी कहाँ हुन्छौ यो मनलाई छोएर हेर्दा