कास्कीको अन्नपूर्ण गाउँपालिका-७ को पात्लेखेतका सबै घरमा खानेपानी पुगेको छ । ७० लाख ९१ हजार २ सय ३९ रुपियाँ लागतमा पात्लेखेत खानेपानी तथा सरसफाइ योजनाको निर्माण भएपछि सबैको घरमा धारा जडान भएका हुन् ।
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।
बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै वासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक वासस्थान बनाउन थालेका हुन् ।
ताप्लेजुङका उद्योगी व्यवसायीले प्रहरी नियन्त्रणमा रहेका सहकर्मी व्यवसायीको रिहाइको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ ।
धरान स्थापना भएको १२३ औँ वर्षको अवसरमा पाँच दिने धरान उत्सव सुरु भएको छ।
बाँके जिल्लाका थारु समुदायको बाहुल्यता भएका दुई वटा पालिका सिकलसेल रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ ।
भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरेर किसान परिचय पत्र वितरण गर्न सुरु गरिएको छ।
ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । ललितपुर महानगरले आयोजना गरेको उक्त प्रतियोगिताको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको छ ।
भूकम्प गएको दुई महिनासम्म रुकुमपश्चिममा दश हजार बढी अस्थायी आवास मात्र निर्माण भएका छन् । सरकारले अस्थायी आवास निर्माणका लागि दिएको अनुदान रकमको पहिलो किस्ताबाट हालसम्म दश हजार ४२३ वटा आवास निर्माण भएका हुन् ।
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ ।
भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण गर्न सुरु गरेको छ ।