सामाजिक संरचना र ज्ञानको उत्पादनबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । सामान्यतया संरचना भन्नाले विभिन्न भाग तथा तत्वहरू एकीकृत भई निर्माण भएको सिङ्गो अवस्थाको वस्तुगत स्वरूप भन्ने बुझिन्छ । हरेक वस्तुको संरचनाभित्र भिन्न–भिन्न प्रकारका एकाइको अन्तरसम्बन्ध हुन्छ । एकाइगत अन्तरसम्बन्धले सम्बन्धित वस्तुको संरचनात्मक ढाँचा निर्माण भएको हुन्छ समाजशास्त्री अगष्ट कोम्टले सामाजिक तथा सांस्कृतिक संरचना आध्यात्मिक स्तरबाट पराभौतिक स्तर र पराभौतिक
अङ्ग्रेजीमा ‘मेरो नाम साइमन हो’ भन्दै एक्कासि एक जवान केटो हात अगाडि बढाउँदै मेरो अगाडि उभियो । मैले पनि नआएको हाँसो सोहोरेर ओठमा ल्याएँ र ‘हाई’, भनेँ । कताबाट हो, पसिनाको गन्ध आइरहेको थियो । मैले उसको ज्यानतिर हेरेँ, पहिरन अस्तव्यस्त थियो । उसको हातमा चुरोट सल्किरहेको थियो । उसले मुस्कुराउँदै सोध्यो, ‘तिम्रो नाम के हो ?’ मैले भनेँ, ‘बसन्ती’ । ऊ अकमक्क परेको मैले थाहा पाएँ । सायद मेरो नाम उच्चारण गर्न उसलाई गाह्रो भयो वा मैले बोलेको बुझेन । मैले फेरि तुरुन्तै मेरो नामलाई छोटो पारेर भनेँ, ‘बसु’ । ‘बसु, कति राम्रो नाम,’ भन्दै ऊ हाँस्यो । हातको सल्किरहेको चुरोट तान्यो र फेरि सोध्यो, ‘कहाँबाट आएको ?’ मैले भनेँ, ‘नेपालबाट, तिमीलाई नेपाल थाहा छ ?’ यति भन्दै म उसलाई नियाल्दै थिएँ
त्यसरी नचल्नुहोस्; जसरी डरले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी प्रेमले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी खुसीले तपाईंलाई चलाउँछ ।
कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो ।
अन्य प्राणीभन्दा मानिसको मन चञ्चल हुन्छ । त्यसैले सानातिना समस्याले पनि मानिसको मन दुःख्छ । फेरि असीमित चाहना र उद्देश्यले गर्दा मानिसले आफ्नो चित्तलाई पनि शान्त राख्न सक्दैन । मूलमा पानी पलाए जस्तै इच्छा पलाइरहन्छ । यो स्वाभाविक प्रक्रिया पनि हो । त्यसैले धेरै मानिस जिन्दगीको गणित मिलाउन नसकेर अलमलमा परेका हुन्छन् । जिन्दगीको गणित नमिलाई मन शान्त हुँदैन ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब ९५ करोड २० लाख, विकास बैङ्कमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपियाँ गरी कुल दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्न लागेको छ ।
गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो । यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड रुपियाँ निर्धारण गरेको थियो । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ ।
सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा तत्कालका लागि रोक लगाएको छ । वैदेशिक रोजगार विभागले रुस–युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो । विभागले सूचना सार्वजनिक गरेर यी देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ । पछिल्लो समय रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ ।
पन्चैबाजा गाउँघरबाट लोप हुँदै गएको अवस्थामा यहाँस्थित सिंहवाहिनी पन्चैबाजा संरक्षण समूह बाजाको संरक्षण गरी आत्मनिर्भरसमेत भएको छ । वराहक्षेत्र नगरपालिका–७, देवीघाटका महिलाले पन्चैबाजा संरक्षण गर्न समूह बनाई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका शुभकार्यमा पन्चैबाजा बजाउने गरेका छन् । गत वर्ष वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा ३० दिन पन्चैबाजा बजाउन सिकेका महिलाले अहिले व्यावसायिक रूपमै पन्चैबाजा बजाउन थालेका सिंहवाहिनी पन्चैबाजा संरक्षण समूहका अध्यक्ष सुशीला उदासले बताउनुभयो ।
क्रोधकला शिरोमणिको उपाधिबाट विभूषित ९१ वर्षीय कलाकार कालु कुमाले (कुम्हा) सौम्य र शीतल व्यक्तित्वका धनी हुनुहुन्छ । विसं १९९० मा ललितपुरको थपाटोल ओकुबहालमा जन्मिई क्रोधकलामा विशेषज्ञता हासिल गर्नुभएका कलाकार कुमालेको कलाकर्म अहिले पनि जारी छ ।
पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । निजी कम्पनीलाई मन्दिर परिसरबाहिरको फोटो र भिडियो खिच्ने जिम्मा दिने कोषको निर्णय र ठेक्कामा भएको सम्झौता अधिकारभन्दा बाहिर गएर उक्त कम्पनीले सूचना जारी गरेपछि तीव्र आलोचना भएको हो ।
गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट बचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताउनुभएको छ।
उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आउनुभएका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।