सरकारले निजामती सेवाभित्रै रहेका कर्मचारीको प्रतिभालाई सङ्कलन गरी व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत तीन वर्षदेखि प्रतिभा डबली कार्यक्रम आयोजना गरी कर्मचारीसँग भएका सिर्जनशीलता सङ्कलन गर्दै आएको थियो ।
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ ।
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुर–४ मा गरेको दोस्रो पञ्चवर्षीय योजना योजना निर्माणका लागि सुझाव सङ्कलनमा वक्ताले सो सुझाव दिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले असल नीतिबाट मात्र देशमा परिवर्तन हुने बताउनुभएको छ ।
गृह मन्त्रालयले सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उहाँकी नातिनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहरबाट हत्या भएको छ।
कतार च्यारिटी नेपालको शैक्षिक सहयोगका कारण बाँकेका १६९ जना अनाथ बालबालिकाको पढाइले निरन्तरता पाएको छ ।
माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मध्यपुर ठिमीमा भएको मध्यपुर नगरपालिका अन्तर साकोस माछापुच्छ्रे कप बुद्धिचाल प्रतियोगिताको उपाधि शंखधर साकोसका रवि श्रेष्ठले जित्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभाको आज यहाँ उदघाटन गर्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताउनुभयो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।
कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । काठमाडौँमा शनिबार ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै राष्ट्र बैंकको अर्थ नीति र गतिविधिले बैंकमा पैसा थुप्रेर बसे पनि लगानी हुननसकेको स्पष्ट पार्नुभयो।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।
बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।