सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पुस २५ गते हुनेभएको छ । प्रदेश सभाले आइतबार जरुरी सूचना प्रकाशित गरेर सभापतिले निर्वाचनको जानकारी गराएको हो ।
कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।
नेपाली सेना भीमदल गणद्वारा निर्मित हेलिप्याडको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार हुने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिम लगायतको केक बनाउँदै बिक्री गरेको पाइएको जनाएको छ ।
गुल्मीका ११ वटा स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेका छन् । नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले व्यवस्था गरेअनुसार ११ वटा तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् ।
चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।
संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ । तर जिल्लाका नमुना मानिएका विद्यालय भने संविधान विपरीत विभिन्न बहानामा मनपरी शुल्क असुल गर्दै आएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकामा स्थानीय कृषि उत्पादन बढेको छ । कृषिजन्य उत्पादन गरी बेच्ने किसानलाई गाउँपालिकाले उत्पादन तथा बिक्रीको आधारमा १५ प्रतिशत नगद अनुदान दिँदै आएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
स्थानीय तहमा हिउँदे अधिवेशन तयारी सुरु भएको छ । पुसभित्रै अधिवेशन सकाउने गरी स्थानीय तह तयारीमा जुटेको हो ।
सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले आइतबार मध्यान्हबाट कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले प्रदर्शन चर्काएपछि आइतबार मध्यान्ह १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा खुत्रुकेमा सङ्कलन गरेको रकम विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई आगो ताप्ने व्यवस्था मिलाएको छ। शीतलहरको असर क्रमशः बढ्दै गएर उच्च ठन्डी जोखिम देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आगो ताप्ने व्यवस्था मिलाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।