राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्य परीक्षण अभियान थालिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले नसर्ने रोगको समस्या स्वास्थ्य चुनौतीका रूपमा रहेको चर्चा गर्दै त्यसको रोकथाम गर्न स्वास्थ्य परीक्षण थालिएको बताउनुभयो । उहाँले सो अभियान अहिले तीन जिल्लामा नमुनाका रूपमा सञ्चालन गरिए पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गरिने जानकारी दिनुभयो ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।
शिवालय गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । सबै वडामा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन प्रसारण भएको हो । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले दिएको जानकारी अनुसार चैतभित्रै गाउँपालिकाका सबै घरधुरीमा लाइन वितरण गरिसक्ने लक्ष्य छ । शिवालय वितरण शाखाका इन्चार्ज आनन्दकिशोर शाहका अनुसार शिवालय गाउँपालिका–१ का ७० प्रतिशत घरधुरीमा गत वर्ष नै लाइन वितरण भइसकेको छ । केही दिनअघि वडा नं. २ को नेपामा ५० केभीको ट्रान्समिटर जडान गरी चार सय घरधुरीमा लाइन वितरण गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादन तथा रोजगारमुखी योजनालाई प्राथमिकता दिई पञ्चवर्षीय योजनामा समेटिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुरमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि सुझाव सङ्कलन तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
प्रथम र द्वितीय विश्वयुद्धमा बेलायती सेनामा सहभागी भएर लडेको नेपाली वीरताको गाथा विश्वले गाएको ऐतिहासिक तथ्य लिपिबद्ध छ । त्यति मात्र नभएर कहिल्यै कसैको अधीनस्थ नभएको मुलुकका रूपमा विश्वमा नेपालको सान बढाउने श्रेय नेपाली सेनालाई नै जान्छ । यसपछिका दिनमा नेपालले आफ्नै खालको पञ्चशील एवं असं
नेपालमा गरिबी निवारणको मुद्दा पेचिलो बनेर गएको छ । विगत तीन वर्षयता अविछिन्न रूपमा बढ्दै गएको मूल्य वृद्धि, वस्तु उत्पादनमा निरन्तरको गिरावट, सेवा प्रवाहमा कमसल गुणस्तर, रोजगार बजारको सीमितता, व्यापार घाटा र विश्वव्यापी आर्थिक मन्दीको कारणले गर्दा नेपालमा गरिबीको दुष्चक्र कसिलो र पेचिलो बन्दै गएको हो । यद्यपि, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क र एसियाली विकास बैङ्कलगायत संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा निरपेक्ष गरिबीको सङ्ख्या अङ्कमा क्रमशः घट्दै गएको देखिन्छ । अहिले नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेकाको सङ्ख्या १५.१ प्रतिशत छ । विगत दस वर्षको अवधिमा २४ प्र
स्वास्थ्य र जीवनको अन्योन्याश्रित सम्बन्ध छ । स्वस्थ र सक्रिय जीवन कसको चाहना हुँदैन र ? स्वस्थ रहन अठोट, जाँगर, प्रतिबद्धता, लगनशीलता, अनुशासन, त्याग, उत्साह, निरन्तरता, प्रतिज्ञा जस्ता विषयको विशेष भूमिका हुन्छ । स्वास्थ्यभित्र शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य आदि समावेश हुन्छन् । राम्रो स्वास्थ्य एउटा यस्तो व्यक्तिगत तथा सामाजिक साथै राष्ट्रिय पुँजी हो, जसले व्यक्तिको विभिन्न क्षमता र योग्यताको यथायोग्य सम्मान र परिचालन गर्छ ।
सरकारी बेवास्ता गरेकाका कारण किसानले उत्पादन गरेको दुध र दुग्धजन्य वस्तुहरूको बिक्री बन्द हुने अवस्था रहेको भन्दै इलामका किसानहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएसँगै नेपालको ऊर्जा क्षेत्र नयाँ चरणमा प्रवेश गरेको छ । सम्झौतापछि भारतको विशाल ऊर्जा बजारमा नेपालले सहज प्रवेश पाएको छ । सरकारको महìवपूर्ण र ऐतिहासिक पहलकदमीले सम्भव भएको हो । जलस्रोतको धनी भए पनि साधन र स्रोतको अभावमा ऊर्जा क्षेत्रमा यथेष्ट लगानी विस्तार हुन सकेको थिएन । कहालीलाग्दो लोडसेडिङ बेहोरेका नेपालीका लागि बिजुली बिक्रीको विषय आफैँमा गौरव गर्नलायक छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा परेका उजुरीहरूको टुङ्गो तथ्य र प्रमाणकै आधारमा लगाउने बताउनुभयो । कुनै दबाब र प्रभाव विना आयोगले यथार्थ आधारहरू पुष्टि गरेर उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी टुङ्गो लगाउने बताउनुभयो ।
नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि उपलब्ध सम्भावित प्रसारण लाइनको थप क्षमता उपयोगबारे अध्ययन गर्ने गरी नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न भएको छ । शुव्रmबार चितवनमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औँ बैठकले निर्माण सम्पन्न, निर्माणाधीन तथा प्रस्तावित प्रसारण लाइन, संयुक्त लगानीका जलविद्युत् आयोजना, विद्युत् व्यापरलगायतका विषयमा छलफल गरी आठबुँदे सहमतिसमेत गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।
गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लास्तर खाद्यान्न बाली बीउ उत्पादक कृषक सञ्जालको बैठकबाट मूल्य निर्धारण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
नाटकबाट आएका कलाकार किरण श्रेष्ठ ‘पर्खी बसेँ तिमीलाई’ मार्फत चलचित्रमा प्रवेश गर्न लाग्नुभएको छ । माघेसङक्रान्तिलाई लक्ष्य गर्दै पुस २७ गते प्रदर्शन हुने चलचित्रमा श्रेष्ठले पठाओ चालकको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा उहाँसँगै रक्षा बुढाथोकी र अनिशा रसाइली पनि प्रवेश गर्दै हुनुहुन्छ ।