गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । सोमबार निर्वाचित अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्नेगरि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।
हेटौँडा उपमहानगरपालिका-१० स्थित जिल्ला प्रहरी कार्यालयको मोड अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौँ निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशबाट सत्ता गठबन्धनमा रहेको तीन दलका चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । हेटौँडा ५ स्थित राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनका नेताहरूसहित पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साबिक विजेता नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको रिक्त हुने पदमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीबाट चार जनाको उम्मेदवारी परेको छ ।
कठिन प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हरायो ।
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ ।
इलामस्थित सुरक्षा निकायले इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन गरेको छ । उत्तरपूर्वी सीमावर्ती क्षेत्र सन्दकपुरदेखि पशुपतिनगरसम्मको सीमा अनुगमन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।