बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।
एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताउनुभयो ।
चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा छैटौँ तुलसीलाल स्मृति क्लब राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिप सोमबार सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले सेतो गोटी र बुद्धिचाल महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले कालो गोटी चालेर प्रतियोगिता उद्घाटन गर्नुभयो ।
नेपालको संविधानले व्यवस्था गरे अनुसार गठित ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये एक तिहाइको कार्यकाल सकिएर निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ । विश्वका ७९ मुलुकले अपनाएको जस्तै द्विसदनात्मक व्यवस्थापिका हामीकहाँ पनि संवैधानिक विकास क्रमसँगै चल्दै आएको छ । केवल २०६३ सालको अन्तरिम संविधानले मात्रै एक सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको थियो । नेपालको संविधानको धारा ८३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभासहितको द्विसदना
विगत केही दशकदेखि अन्तर्राष्ट्रिय समुदाय विशेष गरेर संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कले गरिबी न्यूनीकरण या पूर्ण रूपले गरिबी उन्मूलनका लागि कैयौँ प्रतिबद्धता र प्रतिज्ञा गरेको देखिन्छ । सन् १९७४ मा रोममा संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विश्व खाद्य सम्मेलनमा विश्वभरका वरिष्ठ नीति निर्माताले अमेरिकाका तत्कालीन स्टेट सेक्रेटरी हेनरी किसिन्जरको सिफारिसमा एक दशकभित्रमै संसारभरका कुनै पनि बालकले भोकै सुत्नु नपर्ने वातावरण सिर्जना गर्न दिगो विकास कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त प्रतिबद्धता गरेको ५० वर्ष पुगेको छ तर कतिपय देशमा अहिले सन् १९७४ मा भन्दा पनि बढी बालक भोकै सुत्ने गरेको तथ्याङ्क सार्वजनिक भएका छन् । केही अफ्रिकी देशमा त स्थिति झनै दयनीय भएको देखिन्छ ।
लोकतान्त्रिक प्रणालीले राजनीतिक सहभागिताको सिद्धान्तलाई समर्थन गर्छ । नीति निर्माण गर्न, सामाजिक परिवर्तनलाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउन नागरिक संलग्नताको महत्वलाई मान्यता दिन्छ । नागरिकलाई सार्वजनिक मामिलामा सक्रिय रूपमा सहभागी हुन, प्रतिनिधि छनोट गर्ने आफ्नो अधिकार प्रयोग गर्न र सामूहिक कार्यको शक्ति प्रयोग गर्न प्रोत्साहित गर्छ । यस कार्यमा नागरिक समाज, पत्रकार र बुद्धिजीवीले व्यापक बहस र अन्वेषण गर्नु पर्छ ।
दोलखाको बिगु गाउँपालिका स्थितको १२ सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने ) ओझेलमा परेको छ । ऐतिहासिक मात्र नभएर पर्यटकीय महत्वको यस डाँडालाई प्रवर्द्धन गर्नु पर्ने माग स्थानीयबासी गरेका छन् ।
बलात्कारलाई गम्भीर प्रकृतिको कसुर मानिन्छ । त्यस्तो प्रकृतिको कसुर गरेमा सजाय हुने कानुनी व्यवस्थासमेत सबै देशले गरेका छन् । बिसौँ शताब्दीको मध्यतिर अन्तर्राष्ट्रिय विधिशास्त्रमा यौन हिंसा बलात्कार (जबरजस्ती करणी) लाई अन्तर्राष्ट्रिय कानुनको एक अङ्गका रूपमा स्वीकार गरे अनुरूप नै बलात्कारको अपराधलाई अन्तर्राष्ट्रिय फौजदारी कानुनका रूपमा राखिएको छ । संयुक्त राष्ट्रको महासभाबाट गठन भएको पूर्वयुगोस्लाभिया तथा रुवान्डाका लागि गठन भएको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (टाइबुनल) ले व्यापक कानुनी व्यवस्था गरी बलात्कारलाई अपराधका रूपमा स्वीकार ग¥यो ।
इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हाल मात्र देशभरका सरकारी वेबसाइट एकसाथ बन्द भए । यसले एकातिर सार्वजनिक सेवा अवरुद्ध हुने समस्या त छँदै छ, अर्कातिर गोपनीयता र तथ्याङ्क सुरक्षाको समेत चिन्ता उत्तिकै छ । सरकारी वेबसाइट सुरक्षित बनाउन सरकारले केही नीतिगत एवं संरचनागत व्यवस्था त गर्दै आएको छ तर ती पर्याप्त देखिएका छैनन् । भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गरी ह्याकरहरूले यसअघि पनि अनधिकृत तवरले पटक पटक सरकारी कार्यालयका वेबसाइटमा हमला गरेका
कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा कपिलवस्त–९, केवलपुरमा एकदिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएका विभिन्न किसिमका तरकारी बाली फल झर्ने, बोटका मुन्टा सुक्नेलगायतका समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।
सप्तरीको जिल्ला ट्राफिक कार्यालय जीर्ण भएर बस्न अयोग्य भइसकेको छ । देशको पुरानो मध्येको एक हो सप्तरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय । वर्षौँदेखि यो कार्यालयको भौतिक संरचना निर्माणमा कसैको चासो नहुँदा यहाँको भवन जीर्ण बनेको हो ।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका छन् । सो सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कलासाधक पुरस्कार (२५ हजार रुपियाँ) सहित सम्मानित गरियो । क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रुपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’ लाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।