प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।
पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनौट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् ।
ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने
बेनीकी सोनिया किसान नृत्य क्षेत्रमा उदाउँदी बालिका हुनुहुन्छ । सदरमुकामस्थित बेनी सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सोनिया नृत्यका साथै पढाइमा पनि अब्बल र अनुशासित विद्यार्थी हो । सानै उमेरदेखि नाच्न रुचि राख्ने सोनियालाई मौलिक लोकसङ्गीत मन पर्छ । मौलिक पोसाकमा सजिएर कम्मर मर्काइ मर्काइ नाच्न सोनिया पोख्त हुनुहुन्छ
अहिले ११ वर्षकी भइन् सुप्रिमा थापा । हिमाली बोर्डिङ पिङ्गलास्थानमा ५ कक्षामा अध्ययनरत थापाले सानै उमेरमा कला क्षेत्रमा भविष्य खोजिरहेकी छन् । गीत गाउने, नृत्य गर्ने र अभिनयमा पनि पोख्त सुप्रिमा भर्सटाइल हुन् । अहिलेसम्म २७ वटा व्यावसायिक गीतमा आफ्नो स्वर र अभिनय प्रस्तुत गरेकी सुप्रिमाको आफ्नै युट्युब च्यानल पनि छ ।
अमेरिकी कूटनीतिज्ञ हेनरी अल्फ्रेड किसिन्जरको गत नोभेम्बर २९ मा सय वर्षको उमेरमा निधन भएको छ । सन् १९२३ मे २७ मा फर्थ, बाभेरिया, जर्मनीमा जन्मेका किसिन्जरका पिताको नाम लुइस किसिन्जर र आमाको नाम पाउला थियो र उनलाई बाल्यकालमा हेन्ज अल्फ्रेड किसिन्जर भनेर बोलाइन्थ्यो ।
सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले सोमबारबाट काम सुरु गरेको छ । गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको थियो । आइतबार राति अबेर सर्लाही आइपुगेका टो
सुदूरपश्चिमको सत्तारुढ गठबन्धनले आज मनोनयन हुने चार वटा समितिका सभापतिको मनोनयनका लागि सहमति गरेको छन् ।
उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलवार बिहान सकिएको मत गणना अनुसार श्रेष्ठले झन्डै दोब्बर मत अन्तरले शिरीष पन्तलाई पछाडि पार्दै विजयी हुनु भएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित भीम पुस्तकालय पुनः सञ्चालनमा ल्याइने भएको छ । जिल्लाकै जेठो पुस्तकालयका रूपमा रहेको सो पुस्तकालयको भवन भूकम्पले भत्किएपछि सार्वजनिक प्रयोगमा आउन सकेको थिएन । पुस्तकालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेकाले चाँडै सञ्चालनमा आउने स्थानीय एवं समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा नेपालकै ठुलो जिल्लाका रूपमा परिचित छ, डोल्पा । दुर्गम र विकासका दृष्टिले कठिन अवस्था झेलिरहेको डोल्पाको उत्तरपश्चिम क्षेत्रमा रहेको से फोक्सुन्डो गाउँपालिका पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण छ । साबिकका साल्दाङ, भिजेर र फोक्सुन्डो गाउँ विकास समिति मिलाएर से फोक्सुन्डो गाउँपालिका बनाइएको हो । यहाँको से फोक्सुन्डो ताल हेर्न बर्सेनि हजारौँ पर्यटक पुग्छन् । समुद्री सतहदेखि करिब २३ सयदेखि सात हजार ४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको भूभाग पर्छ । उच्च हिमाली यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल, डाँडापाखा र समथर घाँसे मैदा
विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ ।
बर्दीबास नगरपालिकाले भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं २ का ५३ जना भूमिहीन सुकुमवासीलाई प्रतिपरिवार एक कट्ठाका दरले सोमबार लालपुर्जा प्रदान गरेको हो ।