शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा.विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ ।
बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टीकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
ढुङ्गा र माटोले बनेको गाह्रो माथि जस्तापाताले छाएको एकपाखे सानो झुपडीमा पानी घट्टको आवाज निरन्तर सुनिन्छ । सोही घट्टको घुमाइसँगै पिसेको मकैको ज्यालाबाट नरबहादुर स्याङ्तान र जोगमायाको जीवन निर्वाह हुँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
विभिन्न मुद्दामा बरामद गरी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएका सवारीसाधन समयमा लिलाम नहुँदा कवाडी बन्दै गएपछि लिलामी प्रक्रिया अघि बढाएको छ।
कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ ।
श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकको तयारी गरिरहेको बताउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
सुनसरीमा चोरी तथा डाँका मुद्दामा सजाय पाएका फरारमध्य तीन जना प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहवीले दुहवी नगरपालिका १० बुद्धचौका प्रमोदकुमार मण्डल, दुहवी २ वीरगाउँका ४४ वर्षीय उमेश उराँव र बुद्धलाल उराँव पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
राजापुर नगरपालिकाले कर्णाली नदीमा मोटरबोट सञ्चालनमा ल्याएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत कर्णालीमा तीनवटा स्थानका लागि निर्वाचन हुँदैछ । सोमबार सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको जनसङ्ख्या नियन्त्रणका लागि राज्यका धेरैवटा संरचना यही काममा लामो समय व्यस्त रहे ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्वभर यसको प्रचारप्रसारमा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।