कर्णाली प्रदेशका वयस्क र बालबालिकामा मानसिक समस्या बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि प्रयास थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार कर्णालीका वयस्कमा झन्डै
१. पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या कति प्रतिशत पुगेको छ ? २७.०७ प्रतिशत ग्रामीण तथा सहरी क्षेत्रको जनसङ्ख्या– राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८० पुस १७ मा सार्वजनिक नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या बढेर कुल जनसङ्ख्याको २७.०७ प्रतिशत पुगेको छ । – सहरी जनसङ्ख्या ः २७.०७ प्रतिशत– १० वर्षअघि ः २२.३१ प्रतिशत– सहरोन्मुख जनसङ्ख्या ः ३९.७५ प्रतिशत– १० वर्षअघि ः ३९.१९ प्रतिशत– ग्रामीण जनसङ्ख्या ः ३३.१९ प्रतिशत– १० वर्षअघि ः ३८.५ प्रतिशत– प्रदेशगत आधारमा सहरी र सहरोन्मुख जनसङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा १९.९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत रहेको छ । – जिल्ला अनुसार ग्रामीण तथा सहरी क्षेत्रको वर्गीकरणमा काठमाडौँ जिल्लामा सबैभन्दा बढी ९३.५१ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गर्छन् । – सहरी जनसङ्ख्या नदेखिएका जिल्ला कोशी प्रदेशको सङ्खुवासभा र तेह्रथुम, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको डोल्पा र हुम्ला रहेका छन् ।– महानगरपालिकामा सहरी विशेषताका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८०.७ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः १७ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या २.३ प्रतिशत रहेका छन् ।– त्यस्तै उपमहानगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५३ प्रतिशत, सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३९ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८ प्रतिशत रहेका छन् । – नगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २८.४ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ४६ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २५.४ प्रतिशत रहेका छन् ।– गाउँपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५.९ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३६.१ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५८ प्रतिशत रहेका छन् ।– सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको सङ्ख्या धेरै (३६८५) छ, जसमा कुल जनसङ्ख्याको ३३ प्रतिशत अर्थात् एक तिहाइ जनसङ्ख्या बसोबास गर्ने देखिएको छ । – राष्ट्रिय तथ्याङ्क दिवसका अवसरका प्रकाशित तथ्याङ्क अनुसार हाल नेपालका नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत रहेको तर सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भने २७.०७ प्रतिशत मात्र छ । – नयाँ विधि अनुसारको वर्गीकरणअघि ६६.१७ प्रतिशत सहरी क्षेत्र मानिएको थियो, जसमा अर्धसहरी र सहरोन्मुख क्षेत्रसमेत गणना गरिएको थियो तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्वर्गीकरण गर्नु परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । २. सन् २०२४ मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाइटको नाम के हो ? मुनाल – भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) मार्पmत सो स्याटेलाइट प्रक्षेपण गरिने छ । – विसं २०८० पुस १९ मा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका व्रmममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।– नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ कै मोडेल, डाटा र सूचना प्रयोग गरेर ‘मुनाल’ बनाइएको हो, जसको नेतृत्व नास्टले गरेको छ ।– प्रक्षेपणपछि स्याटेलाइटसँग कम्युनिकेसनको कार्य नास्टकै ‘ग्राउन्ड स्टेसन’ बाट गरिने छ । – सन् २०२३ अगस्त २३ मा भारत चन्द्रमाको दक्षिणी धु्रवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बनेको थियो । सूर्यको अन्वेषणका निम्ति इसरोले पठाएको ‘आदित्य एल १’ समेत प्रक्षेपणको चार महिनापछि सन् २०२४ जनवरी ६ मा सफलतापूर्वक लक्ष्यमा पुगेको छ । ३. ८१ औँ गोल्डेन ग्लोभ्स अवार्ड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? ओपनहाइमर – ओपनहाइमरले ‘ड्रामा’ विधामा उत्कृष्ट चलचित्रको उपाधि जितेको छ । – क्यालिफोर्नियाको बिभेर्ली हिल्सस्थित बिभेर्ली हिल्टनमा आयोजित गोल्डेन ग्लोभ्स अवार्डमा हलिउड चलचित्र ओपनहाइमरले पाँच वटा अवार्ड जित्न सफल भयो । – उत्कृष्ट चलचित्र – ओपनहाइमर (ड्रामा)– उत्कृष्ट अभिनेता ः किलियन मर्फी (ओपनहाइमर) – उत्कृष्ट अभिनेतृ ः लिली ग्ल्याडस्टोन (किलर्स अफ द फ्लावर मुन)– उत्कृष्ट निर्देशक ः व्रिmस्टोफर नोलन (ओपनहाइमर)– बेस्ट अेरिजिनल स्कोर ः लुडविग गोरानसन (ओपनहाइमर)४. उत्कृष्ट डिजिटल बैङ्किङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेबापत प्रतिष्ठित ‘पेमेन्टस् एक्सिलेन्स अवार्डस् २०२३’ प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ? एनआइसी एसिया बैङ्क– अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित गरेको छ । – बैङ्कले ‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैङ्किङको प्रवर्धन गरिरहेको छ । ५. प्रधानमन्त्री कप महिला राष्ट्रिय व्रिmकेट प्रतियोगिता–२०८० को उपाधि कसले जित्यो ? एपिएफ क्लब– कीर्तिपुरस्थित त्रिवि व्र्रिmकेट मैदानमा २०८० पुस १८ मा भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाँचौँ पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय व्रिmकेट प्रतियोगिताको उपाधि जितेको छ । – फाइनलमा एपिएफले पहिलो ब्याटिङ गर्दै ११४ रनको लक्ष्य प्रस्तुत गरेको, प्रत्युत्तरमा कोशीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर मात्र १०३ रन जोड्यो । – कोशी प्रदेशकी रुविना क्षेत्री प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । – एपिएफले ट्रफीसँगै पाँच लाख रुपियाँ हात पा¥यो भने कोशीले तीन लाख रुपियाँ प्राप्त ग¥यो । ६. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? द्रविड ७. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ? मल्ल कालमा ८. गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार, २०८० कसलाई प्रदान गरियो ? डा. कृष्णराज सर्वहारी (थारू भाषाका उपन्यासकार)– उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार थारू भाषाका उपन्यासकार डा. सर्वहारीलाई प्रदान गरिएको हो ।– गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषामा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ ।– धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ ।– दुवै पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । ९. रावलपिन्डी रिजोलुसन नामक कार्यव्रmम केसँग सम्बन्धित छ ? बाल मजदुरी उन्मूलन१०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ? मेकियाबेली११. नेपालको इतिहासमा पिस्कर काण्डका रूपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ? विसं २०४० माघ ११२. भारतले आगामी १० वर्षमा नेपालबाट न्यूनतम १० हजार मेगावाट विद्युत् खरिद गर्ने गरी दुई देशबिच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौता कहिले भएको हो ? विसं २०८० पुस १९ हस्ताक्षर भएका थप तीन सम्झौता – नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) बिच मुनाल भूउपग्रहसम्बन्धी सम्झौता– नवीकरणीय ऊर्जा विकासका लागि विद्युत् प्राधिकरण र भारतको एनटिपिसीबिच सम्झौता – उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौता अन्तरदेशीय प्रसारण लाइन उद्घाटन – रक्सौल–परवानीपुर लाइनको सेकेन्ड सर्किट – कटैया–कुसाहा लाइनको सेकेन्ड सर्किट – नौतनवा–मैनाहिया नयाँ लाइन– गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका व्रmममा मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्ने गरी द्विपक्षीय समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । १३. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका कति पालिका सुगम क्षेत्रमा परेका छन् ? चार – सुदूरपश्चिमका ८८ पालिकामध्ये चार पालिका मात्रै सुगम अर्थात् ‘घ’ वर्गीकरणमा परेका । – सुगम क्षेत्र अन्तर्गत अर्थात् ‘घ’ वर्गीकरणमा परेका पालिका ः कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिका एवं कञ्चनपुरको भीमदत्त नगरपालिका । – नयाँ वर्गीकरण अनुसार मध्यम अर्थात् ‘ग’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः २५ ।– त्यसै गरी दुर्गम अर्थात् ‘ख’ वर्गीकरणमा परेका पालिका १३ र अति दुर्गम अर्थात् ‘क’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः ४६ रहेका छन् ।१४. नेपाल सुपर लिग (एनएसएल)– २०८० को उपाधि जित्ने टिम कुन हो ? ललितपुर सिटी एफसी (उपविजेता ः धनगढी एफसी)१५. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ? भीमशमशेर१६. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ? विसं २०७४ भदौ ५१७. नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटमध्ये डिसिपीको लाइसेन्स पाउन सफल पाइलट को हुन् ? दीपु ज्वार्चन– नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट ज्वार्चन न्यारोबडी जहाज ए ३२० मोडेलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डिसिपी) को लाइसेन्स पाउन सफल हुनुभएको छ । – यससँगै अब ज्वार्चनले नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ए ३२० का पाइलटको परीक्षा लिन र त्यसको जाँच गर्न पाउनु हुन्छ । उहाँ प्रशिक्षक पाइलटसमेत हुनुहुन्छ । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परीक्षणको काम गर्न डिसिपी नै हुनु पर्दछ । नेपालमा डिसिपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउँदै आइएको थियो ।१८. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ? विसं २०७७ फागुन २२ प्रस्तुतकर्ता ः टङ्क केसी
काठमाडौँ उपत्यकामा जाडो बढेको छ । जाडोबाट बच्न सडकपेटी, पार्क, घरको छेउछाउ आगो बाल्ने व्रmम पनि बढ्दो छ । कतिपयले त अन्य फोहोरसमेत सङ्कलन गरी खुला रूपमा आगो बाल्ने गरेका छन् । चिसो बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । आइक्युएयर नामक एप्लिकेसनको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका वायु प्रदूषणको जोखिममा रहेको छ
भनिन्छ नेतृत्व नै संस्था हो, नेतृत्वको दृष्टिकोण र व्यवस्थापन सामथ्र्य धेरै हदमा संस्थाको पहिचान र उद्देश्य प्राप्तिको आधार हो । विश्वविद्यालय जस्ता प्राज्ञिक अनुुष्ठानमा त यस्तो नेतृत्वको झनै दरकार पर्छ । दैनिकी धान्ने होइन, प्राज्ञिक उदाहरणीयता देखाउने, व्यावसायिक सदाचारिता भएको भन्ने होइन गरेर देखाउने नेतृत्वको आवश्यकता पर्छ । श्रेष्ठता प्रदर्शन गर्न नसक्ने व्यक्ति जिम्मेवारीमा पुुगे जागिर खान्छ र समय र संस्थालाई बर्बाद गरेर निस्किन्छ ।
कामको खोजीमा नेपाली युवा बिदेसिने गरेको इतिहास निकै पुरानो हो । मलाया, लाहोर, भोटाङ जनजिब्रोले बोलिने गन्तव्य मुलुक थिए । छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएर श्रम गरी धन लिएर फर्किने गरेको पुरानो परम्पराले त अझै पनि निरन्तरता पाइरहेकै छ । यसरी नगन्य मात्रामा भए पनि विदेश गएर फर्किनेको समाजमा निकै ठुलो इज्जत र प्रतिष्ठा हुन्थ्यो । उनीहरूले पनि आफूलाई आर्थिक रूपमा सम्पन्न र बुज्रुक देखाउने गरेका अनेक भनाइ अब भने पुरानो भइसकेको छ । केही वर्षयतादेखि देशको अर्थतन्त्र नै वैदशिक रोजगारीमा गएकाहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) मा भर परेको तथ्यले समग्र नेपालको वैदेशिक रोजगारीको अवस्थालाई छर्लङ्ग्याएको छ । यद्यपि खास गरी मध्यपूर्व, कोरिया र मलेसियामा सीमित नेपालीहरूको वैदेशिक रोजगारी अवस्था अब भने युरोपतिर पनि वैधानिक रूपमा मोडिनुलाई सकारात्मक नै मानिएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट विभिन्न १११ मुलुकमा संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । व्यक्तिगत रूपमा भने विश्वका १७८ मुलुकमा नेपाली रोजगारीका व्रmममा पुगेका छन् । वैदेशिक रोजगारीको खोजीमा ४३ लाखभन्दा बढी युवा जनशक्ति बिदेसिएको वैदेशिक रोजगार विभागको तितो यथार्थले जति नै चित्त कुँडिए पनि यसलाई हाम्रो नियतिकै रूपमा लिन थालिसकिएको छ । यसै अनुरूप युरोपतिर मोडिनुका निम्ति उत्साह नै हो । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चार महिनामा युरोपका व्रmोएसिया, माल्टा, रोमानिया र पोल्यान्ड जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । सरकारले केही समयअघि कार्यदल गठन गरेर वैदेशिक रोजगारीका निम्ति सम्भावित गन्तव्य मुलुकको अध्ययन गरेको थियो । कार्यदलले तुलनात्मक रूपमा आर्थिक स्थिति बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुन सक्ने सुझाव दिएपछि सरकारले त्यसतर्फ ध्यान दिएको हो । सुझाव प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्यान्ड, स्विडेन र डेनमार्कलगायत देशमा सेवा, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुन सक्ने देखियो । सोही अनुसार नै पहल थालेर वैधानिक रूपमा वैदेशिक रोजगार व्यवसायीमार्फत युरोप पठाउन कानुनी बाटो खुला भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रव्रिmयाको बाटो खुलेपछि सहज वातावरण बनेको स्पष्ट हुन आउँछ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनु उचित कदम हो । कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्न श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मागपत्र प्रमाणीकरण समितिको व्यवस्था छ । समितिमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने पारिश्रमिक एवं सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, श्रमिकको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने स्पष्ट प्रावधान राखिएको छ । त्यसरी जाने श्रमिकले कुनै किसिमको झन्झट बेहोर्नु नपर्ने वैदेशिक रोजगार व्यवसायी सङ्घको भनाइले युरोप सुरक्षित गन्तव्य भएको हो ।युरोपेली मुलुकमा व्यक्तिगत पहलबाट जानेले महँगो शुल्क तिरेर जाने गरेका थिए । त्यसरी जाने देशमा रुमेनिया, व्रmोएसिया, साइप्रस, बेलायत, पोल्यान्ड, माल्टालगायतका थिए । श्रमसम्बन्धी जानकारहरूका अनुसार खाडी मुलुक र मलेसियाको तुलनामा युरोपमा नेपाली कामदारको तलब दोबर जस्तै हुन्छ । नेपालसँग द्विपक्षीय श्रम सम्झौता नहुँदा र अवैध बाटोबाट जाँदा कैयौँ नेपाली कामदार शोषणमा पर्ने गरेको तथ्य बाहिर आउनुलाई नकार्न सकिँदैन । युरोपेली मुलुकमा सबैतिर नेपाली दूतावास नहुँदा पर्ने गरेको अप्ठ्यारोलाई सहजीकरण गर्न श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणको नयाँ व्यवस्था लागु गरेको छ । यसलाई वैदेशिक रोजगार कम्पनीहरूले सकारात्मक रूपमा लिनुले अबको नेपाली जनशक्तिको गन्तव्य युरोप हुने देखिएको छ । अर्कोतर्फ विप्रेषणको भर परेर मात्र देशको समृद्धिको यात्रा तय नहुने आर्थिक विश्लेषकहरूको अभिमत पनि उत्तिकै मननीय छ । देशभित्रै रोजगारीका अवसर वृद्धि नहुँदासम्म नेपाली जनशक्ति देशमा नरोकिने यथार्थप्रति सरकार गम्भीर हुनु आवश्यक छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
पक्की पुलको माग गरेको एक दशकपछि पुल निर्माणको काम सुरु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचल र वडा नं. २ दोभान जोड्ने कुर्मान खोलामा स्थानीय बासिन्दाले पुल बनाउन माग
मोरङको कानेपोखरी गाउँपालिका र रङ्गेली जगरको सिमानामा पर्ने गेउरिया खोलाको पुल निर्माण सातौँ पटक रोकिएको छ । गत असारमा पुल ढलान गरेर सम्पर्कविहीन भएको निर्माण कम्पनी त्यसयता काममा फर्किएको छैन ।
रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
राष्ट्रिय योजना आयोगले १६ औँ योजनामा पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६ औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मङ्गलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ ।
म्याग्दीको बेनी नगरपालिका–३, मरेक तथा बालम क्षेत्रमा यस वर्ष झन्डै ८० लाख रुपियाँ सुन्तला बिक्रीबाट भित्र्याउने अपेक्षा स्थानीयवासीले गरेका छन् । बेनी नगरपालिकाको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको बेनी नगरपालिकाको मरेक, बालम, बास्कुना, थामडाँडा तथा सुर्केमेला क्षेत्रमा यस वर्ष सुन्तला निकै राम्रो उत्पादन भएको सुन्तला कृषकको भनाइ छ ।
मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रिmया अघि बढाएको छ ।
सुदूर पश्चिम (सुप) प्रदेशको अस्थायी राजधानी आउने पर्यटकका लागि विश्राम गर्ने कुनै स्थान छैन । कोही पर्यटक आउँदा छोटो समयमा घुमेर जाने स्थानको अभाव छ । धनगढी भारतीय सीमासँग
बागमती प्रदेशका विभिन्न मन्त्रालय, निकाय र मातहतका कार्यालयको गरी पाँच हजारभन्दा बढी कर्मचारी दरबन्दी रहने भएको छ । प्रदेशको मन्त्रीपरिषद्बाट मन्त्रालय, आयोग र कार्यालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनहरूका आधारमा सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको हो ।