सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्याङ्जाले रजत जयन्तीमा दुई गोरखापत्रकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
गुल्मी कारागारमा रहेका कैदीबन्दीको सीपलाई प्रयोग गरी उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरूसँग भएको सीपलाई प्रयोग गरी उनीहरूलाई उद्यमसँग जोड्न थालिएको हो ।
संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनी (आवास)मा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ ।
स्थानीयलाई घर-घरमा शुद्ध पानी पुर्याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भोलि बिहीबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा सहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।
बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका-६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
कागजपत्र नभएका इलेक्ट्रिक रिक्सालाई नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर नष्ट गर्न शुरु गरेको छ । केही समय अघिबाट इलेक्ट्रिक रिक्सा व्यवस्थापन अभियान चलाएको उपमहानगरले कागजपत्र नभएका ईरिक्सालाई अवैध बताउँदै डोजर चलाएर नष्ट गर्न शुरु गरेको हो ।
प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ ।
ग्रामीण क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दो देखिएको छ । अस्पतालको पहुच नहुनु, आर्थिक अवास्था कमजोर रोगको बारेमा पूर्णरुपमा जानकारी नहुँदा आँखाको समस्या बढ्दो देखिएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।
ललितपुर महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ ।
रुपन्देहीको थारु गाउँमा माघीको रौनक सुरु भएको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीको अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना गर्ने तयारी भएको छ ।