सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी आउनुभएको छ । उहाँले बुधबार पदबहाली गर्नुभएको छ । सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने सुवेदी बहाल रहेको राष्ट्रिय प्रकृतिक
रामेछापका विभिन्न स्थानमा व्यावसायिक कृषिकर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत भएका छन् ।जिल्लाको गोकुलगङ्गा गाउँपालिका–३, रस्नालुमा किवी खेती र व्यवसाय गरिरहेको सप्तभुमे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपक्षीय रूपमा आयोजना छनोट र कार्यान्वयन हुने गरी भारतीय दूतावासले २० करोड रुपियाँसम्मका आयोजनामा खर्चसम्बन्धी सम्झौता नभएको बताउनुभएको छ । भारतसँगको सम्झौताका विषयमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिलाई बुधबार जानकारी दिँदै उहाँले आयोजनाको आवधिक समीक्षा र अनुगमन पनि नेपाल सरकारकै संयन्त्रबाट हुने बताउनुभयो ।
विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
पूर्वी नवपरासीको कावासोतीमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभएको छ ।
छैठौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन पाँचौँ चरणसम्मको समाप्तिमा दोलखा चेस होम नेपालले एकल अग्रता लिएको छ ।
झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
मध्यपुर ठिमीमा जारी २६औँ भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधवार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जित्नुभएको छ । यस विधामा नेपाली आर्मीका मुक्तिराम घलेले रजत जित्नुभयो ।
नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्याहरू समाधान गर्ने हेतुले सम्बद्ध निकायहरूको बैठक गर्नुभएको छ ।
वीरगञ्ज महानगरको १४औँ नगर सभाको अधिवेशनले चालु आर्थिक वर्षको बजेट २५ करोड रुपियाँ बढाएको छ । बुधबारको बसेको वीरगञ्ज महानगरपालिकाको नगर सभाको अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपियाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरू परिमार्जन गरेको हो ।
मङ्गल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मङ्गल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।
नेपाल पुलिस क्लब सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै पुलिस उपाधिको नजिक पुगेको हो ।
नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।