नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत
नेपालगन्जमा पहिलो पटक ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
रामबहादुर बमजन भन्ने रामलाल बमजनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएकाे हाे ।
झापाको बाहुनडाँगीमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नमुना गाउँ बनाउन पहल सुरु भएको छ । यसका लागि सहारा नेपालले चासो देखाएको र यसका लागि आवश्यक प्रव्रिmया थाल्ने तयारी भएको ग्रामीण पर्यटन अगुवासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभएको छ ।
कोठामा राखिएको आगोले जली घाइते महिलाको मृत्यु भएको छ । बुधवार घाइते हुनुभएकी बर्दिया राजापुर नगरपालिका ५ झप्टी की ७५ वर्षीया सोहनी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाजुरामा कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ । बाजुराका जिल्लाका हरेक गाउँ बस्ती बस्तीमा यती बेला दमाहा बाजाका साथ स्थानीय युवाले हातमा ढाल तरबार समातेर भुवो सुरु गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधवार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले आपत् विपद् र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैँ तयार रहेको बताउनु भयो ।
सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनी (आवास) मा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ । विद्युत् आपूर्ति बन्द भएका कारण कोलोनीमा बस्दै
सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।
शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रीया गरिएको छ । तातोपानी गाउँपालिका–४, गिडीखोलाकी ३५ वर्षीय सम्झना पाण्डेको पाठेघरको शल्यक्रीया गरिएको हो ।
धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो“अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ । अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।”
केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोले सर्लाहीसहित तराईका अति विपन्न परिवार नराम्ररी प्रभावित बनेका छन् । पुसको अन्तिममा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य