कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) सहमतिबाटै संसदमा प्रस्तुत हुने बताउनुभएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुसार बागमती प्रदेश सभाको दोस्रो निर्वाचनपश्चात् वर्तमान प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठुलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।
सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।
रोल्पा घर भएका कुमार दसौदी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै छ । त्यसैले उहाँ यसबिचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ ।
नेपालगन्ज उपमहानगरका अति विपन्न र एकल महिलालाई आयआर्जनमा सहयोगका लागि सिलाइ कटाइ तालिमसँगै सिलाइ मेसिन सेट वितरण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।
उदयपुरमा सवारी दुर्घटनाबाट एक साइकल यात्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।
बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
कालीकोटको पचालझरना गाउँपालिका-६ का रमाने बोहोरा खाने नुनका लागि सदरमुकाम मान्म आउनुभयो । एक हजार छ सय गाडी भाडा तिरेर सदरमुकाम मान्म नुन डिपोमा पुग्नु भएका बोहोराले जम्मा नुन पाँच पाकेट पाउनुभयो ।
मनाङको नासोँ गाउँपालिका–८, ताचैमा रहेको थोङरो प्ली झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्त्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन्।