मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४ औँ वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंबाट करिब ५ किलोमिटर दूरीमा रहेको ललितपुर जिल्लाको खोकना गाउँको रहनसहन छुट्टै छ ।
नेपालसँग सिमाना गाँसिएको भारतीय सीमावर्ती जिल्ला बहराईचका सुरक्षा अधिकारीहरूले यहाँस्थित नेपाल भारत सिमानाको निरीक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आज सम्पन्न १४ औँ नगर सभाले चार विधेयक पास गरेको छ । नगरप्रमुख महेश खरेलले पेस गर्नुभएको दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ विधेयक नगर सभा सदस्यले सर्वसम्मत पास गरेका हुन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९-८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।
सुनसरीका सरोकारवालाहरूले वन्यजन्तु र मानव बिचको द्वन्द्व कम गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिले पोखरा महानगरको सडक किनारमा ठाउँ ठाउँमा फोहोर थुप्रिएको छ। समयमै रकम नपाएको भन्दै फोहोर व्यवस्थापनको जिम्मा लिएका ठेकेदारले काम रोक्दा फोहोर उठ्नै छाडेको हो। फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेको छ।
पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।
सुनसरी जिल्लाको मात्र नभई नेपालकै प्रख्यात तीर्थस्थल हो–वराह क्षेत्र ।
हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो ।
वराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा बिहीबार जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।
इलामको माई नगरपालिका-२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।
खोटाङमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा यो वर्ष कृषकले ३७ करोड बढीको सुन्तला उत्पादन गरेका छन्।