नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने २१२ ग्राहकको लाइन काटेको छ । वर्षौंसम्म विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर पुनः जडान शुल्कसहित २४ ला
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । मिलले उखु खरिद गरेकोे सात दिनभित्रै भुक्तानी गर्ने नीति अनुसार नयाँ रेट प्रतिक्विन्टल ५६५ रुपियाँको दरले किसानको खातामा रकम जम्मा गर्न सुरु गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गर्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मूलतः कृषिमा आधारित उद्यमशीलता विकासमा जोड दिएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बिहीबारदेखि सुरु भएको ११ दिने बृहत् रामेछाप महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।
आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाकको ज्यान गएको छ ।
सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
राज्यले उपलब्ध गराएको सुविधा विपन्न समुदायको उत्थानका लागि खर्च गर्ने प्रतिबद्वता जनाउनु भएका फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले वडा नम्वर १२ बुधुकको जङ्गल नजिकै छाप्रोमा जीवन बिताउँदै आएका एक दम्पतीलाई घर बनाइ दिनुभएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उहाँले बताउनुभयो ।
निस्दी गाउँपालिकाले गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले थारु समुदायको प्रथा, परम्परा र संस्कारजन्य मान्यतालाई कानुनी हैसियत प्रदान गर्न सरकारसँग माग गरेको छ।