नेपाली भाषा, साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा लाग्न विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना दिवसका अवसरमा
दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ ।
इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा छनोट भएको छ । स्विडेनमा हुने महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।
चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताउनुुभएको छ । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत् जस्ता समस्यामा पनि निगमले सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताउनुुभएको हो ।
नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।
बर्दियामा बालविवाह गर्नेको सङ्ख्यामा अझै कमी आउन सकेको छैन । बालविवाह न्यूनीकरणका लागि सरकारी र गैरसरकारी संस्थाले गरेको करोडौँको लगानीको उपलब्धि बालुवामा पानी जस्तै भएको छ ।
सप्तरीका स्थानीय तह प्रमुखहरूमध्ये चर्चित र जिल्लाको एक मात्र महिला नगर प्रमुख हुनुहुन्छ, गीता चौधरी । २०७४ सालमा भएको स्थानीय तहको निवार्चनमा थोरै मतले हार बेहोर्नु परे पनि २०७९ सालको नि
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।
सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको छ ।
दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ । थारू बस्तीमा माघी पर्वका
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) वितरणको प्रक्रिया शुुभारम्भ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बुधबार कार्यक्रम आयोजना गरी स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुुभारम्भ गरिएको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेको हो ।