• १९ असार २०८१, बुधबार

मन्त्री लिम्बुलाई पत्नी वियोग

blog

स्वर्गीय गङ्गामाया लिम्बु ।

हरि कोइराला

उर्लाबारी, पुस २७ गते । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ । 

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा  निधन भएको हो । लामो समय देखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो । लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताउनुभयो । लिम्बूका १ छोरा र १ छोरी छन् । 

मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो । मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत हुनुहुन्छ ।