नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन टीकापुरमा सुरु भएको छ।
बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।
एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताउनुभएको छ।
छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको नकआउट समीकरण पूरा भएको छ ।
कैलालीमा अत्यधिक चिसो भएपछि आगो ताप्नका लागि सर्वसाधारणलाई दाउरा वितरण गर्न थालिएको छ।
गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आत्मवोध माध्यमिक विद्यालय प्रथम भएको छ ।
नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपालमा केही हुन्न भन्ने निराश रोक्नुपर्ने बताउनुभएको छ।
बाँके जिल्ला फुटबल सङ्घले कोभिड–१९ पछि पहिलो पटक जिल्ला स्तरीय मेयर कप छात्र–छात्रा प्रतियोगिता गर्ने तयारी गरेको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरूलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएका नौ गाडीहरू बरामद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले आत्तिएर नल्याएको बताउनुभएको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोह बिच एकैसाथ लोकार्पण गर्नुभएको छ ।
३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।