• ३ कात्तिक २०८१, शनिबार

चिसो बढेपछि सर्वसाधारणलाई दाउरा

blog

आगो ताप्नका लागि दाउरा वितरण।

अविनाश चौधरी

धनगढी, पुस २६ गते। कैलालीमा अत्यधिक चिसो भएपछि आगो ताप्नका लागि सर्वसाधारणलाई दाउरा वितरण गर्न थालिएको छ। 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय धनगढीले दाउरा वितरण गर्न थालेको हो। धनगढीमा आगो ताप्नका लागि वन कार्यालयले आज चोक चोकमा दाउरा वितरण गरेको छ। 

कैलालीमा हिजोदेखि घाम लागेको छैन। शीतलहका कारण जनजीवन प्रभावित भएको छ। जाडो बढेपछि जनजीवन कष्टकर बनेकाले आगो ताप्नका लागि दाउरा वितरण गर्ने मन्त्रालयले मंगलबार निर्णय गरेको थियो। सोही निर्णय अनुसार मातहतका निकायबाट दाउरा वितरण हुन थालेको उद्योग, वन, तथा वातावरण मन्त्री रमेश धामीको निजी सचिवालयले जानकारी दिएको छ। 

चिसो बढेपछि सर्वसाधारणले जाडो छल्नका लागि सार्वजनिक स्थान, चौक, सडक छेउछाउ लगायतमा आगो बालेर तापिरहेको देख्न सकिन्छ।