झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले प्रदेश तहमा आवश्यक कानुनको अभाव भएको कारण प्रदेश सरकार निरन्तर अल्मलमा परेको बताउनुभएको छ।
प्रहरी चौकी खडैया, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी पक्राउ परेका छन् ।
सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ।
पौषकृष्ण औँसीका अवसरमा बिहीबार नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संस्कृति, संस्कार, रीतिरिवाज जोगाउनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ।
क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजित हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइका लागि गाडिएका डिप ट्युबवेल प्रयोगविहीन भएका छन् । जमिन मुनिको पानी तानेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्याउने भनेर तीन वर्षअघि गाडिएको १७ वटा डिप ट्युबवेल प्रयोगविहीन भएका हुन् ।
नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तीव्र रूपमा अगाडी बढेको छ । पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ को लुम, भोटगाउँ, तिर्खु, डिल्लीचौर, लाम्री, वैसेनी र डोल्काटी लगायतका गाउँ छाउगोठमुक्त वडा घोषणा गरिएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ ।