काठमाडौं, पुस २५ गते । प्रहरी चौकी खडैया, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार भण्डारीले सेवाग्राहीसँग आठ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
कृषि प्रयोजनका लागि ल्याइएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।