प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।
चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
गुल्मीमा खोप तथा कोल्डचेन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ ।
भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक बिचौलिया पक्राउ परेका छन् ।
यसपालिको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ ।
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले मादी नदीमा माछा संरक्षण गर्ने भएको छ । आयोजनाको १४० मिटर अग्लो बाँधले गर्दा आवातजावत प्रभावित भई माछालाई क्षतिपुग्ने भएकाले परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण गरिने आयोजनाले जनाएको छ ।
तनहुँको व्यास नगरपालिकाले आन्तरिक आय र रोजगारी वृद्धि गर्ने उद्देश्यले गौरवका आयोजना सञ्चालन गर्ने आवधिक योजना बनाएको छ ।
प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ ।
ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।
तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उहाँ यस खेलप्रति आकर्षित हुनु भएको हो
कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो ।