• २८ वैशाख २०८३, सोमबार

खोप तथा कोल्डचेन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस २६ गते । गुल्मीमा खोप तथा कोल्डचेन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय गुल्मीले खोप ढुवानीकर्तालाई खोप तथा कोल्डचेन व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण सुरु गरेको हो ।

यस जिल्लालाई २०७१ साल चैत ३० गतेदेखि नै पूर्ण खोप सुनिश्चित जिल्ला कायम गरिएको छ । स्वास्थ्यकर्मीले जिल्लाका सबै बच्चालाई खोप लगाइसकेका छन् । प्रत्येक घरधुरीमा पुगेर बच्चाहरुलाई खोप लगाइए पनि यसको गुणस्तरलाई ध्यानमा राख्दै जिल्लाका खोप ढुवानीकर्तालाई अभिमुखीकरण गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा जिल्लाको छत्रकोट, गुल्मी दरबार र रुरुक्षेत्र गाउँपालिकाका खोप ढुवानीकर्तालाई अभिमुखीकरण गरिएको छ । यस जिल्लाका १३७ वटा स्वास्थ्य संस्थाद्वारा खोप वितरण हुन्छ । उक्त स्वास्थ्य संस्थाका कार्यालय सहयोगीहरुले खोप ढुवानी गर्दै आउनुभएको छ ।

भ्याक्सिनलाई जहिले पनि प्लस दुईदेखि प्लस आठकै तापक्रममा राख्नुपर्ने भएकाले जिल्लाबाट भ्याक्सिनलाई ढुवानी गर्ने क्रममा तापक्रम घटबढ नहोस् भन्नका लागि कार्यालय सहयोगीहरुलाई बोलाएर एक दिने अभिमुखीकरण गरिएको हो । यसरी पाँच चरणमा जिल्लामा रहेका १३७ वटै कार्यालय सहयोगी खोप ढुवानीकर्तालाई अभिमुखीकरण गरिने उहाँले बताउनुभयो ।