• १२ मंसिर २०८१, बुधबार

कर्णालीमा पौष्टिक तत्व स्तरोन्नतिसहितको चामल वितरण

blog

काठमाडौँ, पुुस २७ गते । पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) वितरणको प्रक्रिया शुुभारम्भ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बुधबार कार्यक्रम आयोजना गरी स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुुभारम्भ गरिएको हो । 

सो चामल कर्णाली प्रदेशका कालीकोट, मुुगुु, हुुम्ला, जुुम्ला र डोल्पा जिल्लामा वितरण गरिने भएको छ । कुुपोषण न्यूूनीकरण गर्नका लागि स्तरोन्नति गरिएको चामल वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले पाँच जिल्लामा वितरणको काम सुरु गर्ने भएको हो । यो चामलको प्रयोगले बाल मृत्युदर कम गर्न मद्दत पुुग्ने बताइएको छ । खाद्य कम्पनीले बर्दियाको राजपुर र धनुुषास्थित रहेको मिलको चामलमा पौष्टिक तत्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिनरी तथा अन्य सामग्री विश्व खाद्य कार्यक्रमको सहयोगमा जडान गरी उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ ।

दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तìव मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तìव स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ । पहिलो चरणमा आगामी सन् २०२४ को अक्टोबरसम्म सात हजार मेट्रिक टन स्तरोन्नति गरिएको चामल वितरण गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । दोस्रो चरणमा अन्य जिल्लामा समेत वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तìव स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासुु, दुुधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुन्छ । 

चामलको गुणस्तरसम्बन्धी मापदण्ड अनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिङ्क ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्ने छ । पौष्टिक तìव स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइन जस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ । निकट भविष्यमा निजी क्षेत्रबाट समेत पौष्टिक तìव स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुुपोषणको दरमा सुधार आइरहेको भए पनि सूक्ष्म पोषक तìवको कमीका कारण हुने कुुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हुने कुुल बाल मृत्युुदरको ४५ प्रतिशत कुुपोषणका कारणले भएको देखिएको छ ।