नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको उक्त पदका प्रतिस्पर्धी नवराज कोइरालाले आरोप लगाउनुभएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । साथै उहाँले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उहाँहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल हक्की सङ्घले सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बङ्गलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की खेल सामग्री प्रदान गरेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीतिमा सरकारका सबै निकायले स्वामित्व र अपनत्व लिनु आवश्यक रहेको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्यअनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो ।
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो एकवर्षे कार्यकाल कामका दृष्टिले उपलव्धिमूलक रहेको बताउनुभएको छ ।
उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ । सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट गरिएको छ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ) का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म र भावना अनुसार तिनै तहका सरकार सहमति र सहकार्य गरेर विकासमा लाग्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘एक्लै हिँडेर होइन, तिनै तहका सरकार एक आपसमा सहमति, सहकार्य गरेर विकास गरेर अघि बढौँ।’’
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने हुनुभएको छ ।
हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनः निर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच मङ्गलबार आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको हो ।