तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । बुधबार बिहान ९ः३० बजे भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । ३७ औँ जलपन्छी गणना बुधबारबाट आरक्ष क्षेत्रमा सुरु भएको हो ।
विभिन्न प्रकारका विपद्को समयमा अतिआवश्यक मानिने २५ प्रकारका विभिन्न सामग्रीहरू नेपालगन्ज उपमहानगरपालिकाले वडा प्रहरी कार्यालय नेपालगन्जलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।
सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिका-३ डी गाउँस्थित आदर्श माध्यमिक विद्यालयको दुई कोठे भवन तथा पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको वृहत दोलखा महोत्सवमा पाँच करोडभन्दा बढिको व्यापार भएको छ ।
सरकारले मुगुमा आउने नुनको कोटा नबढाउँदा मुगालीहरुले पर्याप्त मात्रामा नुन पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नुनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।
कैलालीसहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावित भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न कठिनाइ भएको हो ।
कर्मचारी मिलन केन्द्र म्याग्दीको भवन प्रयोगविहीन भएको छ । सङ्घीयता कार्यान्वयनसँगै बेनी बजारको विरेन्द्रचोकमा रहेको कर्मचारी मिलनकेन्द्रको भवन प्रयोगविहीन भएको हो ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन् ।
पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ ।