तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध आफूले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् ।
नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा पैसा लगाएर मोटो रकम असुलिरहेको पाइएको छ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन्।
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा मंगलबारदेखि ललितपुरमा छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले पार्टीको लेबी शुल्कलाई एकरूपता दिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य र संसद्को लेबी शुल्कलाई एकरूपता दिएको हो ।
कैलालीस्थित कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । गाउँ सभाका अध्यक्ष राजसमझ चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वव्यापीरुपमा लोकप्रिय बनेको सहकारी क्षेत्रलाई नेपालमा पनि सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ।
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा मंगलबारदेखि २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको मंगलबार नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उद्घाटन गर्नुभयो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
गुलसन झाले अलराउन्डर प्रदर्शन गरेपछि नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा मंगलबार भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् ।
नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ ।