म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको तेस्रो चरणको खेलमा विगन एथलेटिक्सलाई उसैको मैदानमा २–० गोलले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो ।
बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।
म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति बनाउनु आवश्यक नरहेको बताउनुभएको छ।
जर्मनीका चर्चित विश्व फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । परिवारले एक विज्ञप्ति निकाल्दै सोमबार फ्रान्जको निधन भएको जानकारी दिएको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।
संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ ।
संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःख समेत व्यक्त गरेको छ ।
जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म दुई सय नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताउनुभएको छ ।
राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले सोह्रौँ पञ्चवर्षीय राष्ट्रिय विकास योजनामा दिगो विकास लक्ष्य प्राप्ति, शासकीय सुधार र सुशासन, सामाजिक न्यायका सन्दर्भमा आफ्नो अधिकार क्षेत्रभित्रका विषय समेटेर प्रतिवेदन तयार गरेको छ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर-१ अग्लुङ्गले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। यस वडाभित्र रहनुभएका ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप तातो कपडा वितरण गरिएको हो।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरफिर्दीमा फुलेको तोरी । तोरी खेतीप्रति आकर्षण घटेसँगै उत्पादनमा कमी आएको छ ।