• १२ मंसिर २०८१, बुधबार

चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो

blog

बेइजिङ, पुस २४ गते । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।

चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ । चीनको  रेल क्षेत्रमा  लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो  वर्षको तुलनामा ७.५ प्रतिशतले बढी हो  ।

सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् ।  जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।

गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेसनमा सेवाको सुरुवात तथा निर्माणाधीन  ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ । रासस/सिन्ह्वा