ओखलढुङ्गामा यस वर्ष करिब चार करोड बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला खेती हुने जिल्लाको दुई सय ६७ हेक्टर क्षेत्रफलबाट करिब चार करोड सुन्तला उत्पादन भएको हो ।
कचनकवल गाउँपालिकाका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार हात्तीले एक महिना अघिदेखि दु:ख दिएको छ र हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गर्छन् ।
रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो चोकसम्म २१ मिटर क्षेत्रफल सडक खाली गर्न सर्वसाधारणलाई १५ दिनको म्याद दिएको छ ।
भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।
झापाको दमकमा ग्यासको प्रयोगबारे सचेतना कार्यक्रम गर्ने भन्दै ठगी धन्दा गर्ने एक कम्पनीमाथि उजुरी परेको छ ।
कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३३ औं स्थापना दिवसका अवसरमा ताप्लेजुङमा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ ।
केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटको सामुदायिक विद्यालय धमाधम बन्द हुँदै छ ।
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व रहेकाले अब ४० प्रतिशत पु¥याउने सङ्कल्प प्रस्ताव पारित भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबिच भेटवार्ता भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुनुहुन्छ, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उहाँ आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किनुभएको थियो ।
माछामासु वधशालाका माछा पसलहरुमा नगरपालिकाले आकस्मिक अनुगमन गर्दा पाँच सय केजीभन्दा बढी अखाद्य माछा फेला परेको हो ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गर्नुभएको छ ।